प्रचण्डलाई नेकपाका पूर्वमन्त्रीको कडा चेतावनी

0

काठमाण्डौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद अझै साम्य भएको छैन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ उपचारमा रहेकाले अहिले ठूलो तुफान आउनु अगाडिको सन्नाटा जस्तो मात्रै देखिएको छ ।

यस्तोमा सत्तारूढ नेकपाका प्रभावशाली नेता तथा पूर्वमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध घेराबन्दी र अनावश्यक दबाब सिर्जना नगर्न पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चेतावनी दिएका हुन् ।

बिहीबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा नेता अधिकारीले प्रचण्डको नाम उल्लेख नगरी घेराबन्दी गर्नेका विरुद्ध कडा प्रतिरोधको चेतावनी समेत दिए ।

अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने गरी पार्टीले निर्णय गर्नु उचित नहुने उनको भनाइ छ । चुनावमा पराजित भएका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान खोज्नु नै गलत भएको समेत बताए ।

प्रधानमन्त्रीलाई हटाउने प्रयास गर्नेहरू पानीको फोका जस्तै फुटेर जाने उनको ठोकुवा छ ।

Leave A Reply

Your email address will not be published.