भारतमा पनि देखियो कोरोनाभाइरस: दिल्लीमा एकजनाई संक्रमण भएको पुष्टि

0

काठमाण्डौं – हिंसात्मक घटनाको कारण यो साताभरी विश्वभरका सञ्चारमाध्यमको केन्द्रमा रहेको भारतको राजधानी दिल्लीमा पहिलो कोरोना भाइरस (कोभिड – १९) का संक्रमित फेला परेका छन् ।

भारतका संघीय स्वास्थ मन्त्री हर्ष वर्धनले राजधानी नयाँ दिल्लीमा एकजना र तेलङ्गनामा एकजना कोभिड – १९ का संक्रमित भेटिएको पुष्टि गरेका छन् ।
नयाँ दिल्लीमा भेटिएका कोभिड – १९ का संक्रमित केही दिनअघि युरोपको कोरोना इपिसेन्टर इटालीबाट फर्किएको बताइएको छ । उनलाई आरएमल अस्पताल भर्ना गरिएको छ । यस्तै तेलङ्गनामा भेटिएका संक्रमित भने केही दिनअगाडि दुबईबाट फर्किएको जनाइएको छ ।

त्यसैगरी कोरोना संक्रमित मुलुकबाट फर्किएका २५ हजार नागरिकको जाँच भइरहेको र उनिहरूलाई निगरानीमा राखिएको भारतीय स्वास्थ मन्त्रालयले जनाएको छ । यसअघि केरेलामा पनि संक्रमित भेटिएका थिए ।

चीनको वुहानबाट सुरु भएको कोभिड – १९ बाट तीन हजार भन्दा धेरैको मृत्यु भै सकेको छ भने संसारभर एक लाख भन्दै धेरै संक्रमित भएका छन् ।

Leave A Reply

Your email address will not be published.