खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जना आज घर जाँदै

0

काठमाण्डौं – चीनको हुबेइ प्रान्तको वुहानसहितका विभिन्न ६ शहरबाट उद्धार गरी ल्याएर खरिपाटीमा क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनाकै ‘थ्रोट स्वाब’को नमूना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

नमूना परीक्षणको रिपोर्ट नेगेटिभ देखिएपछि १ सय ७५ जनालाई सोमबार नै घर पठाइने भएको छ। चीनबाट फर्किएका सबैलाई स्वास्थ्य राज्‍यमन्त्री नवराज राउतले सोमबार अपराह्न विदाइ गर्ने छन् ।

क्वारेन्टाइनमा राखेको १४ दिन पूरा भएपछि शनिबार सबैको नमूना संकलन गरिएको थियो । आइतबारदेखि त्यसको परीक्षण सुरु भएको थियो ।

उनीहरुसँगै क्वारेन्टाइनमा राखिएका ७ जना चिकित्सकको रिपोर्ट पनि नेगेटिभ आएको छ । उनीहरु पनि सोमबार नै घर फर्कने भएका छन् ।

उनीहरुलाई उद्धार गर्न गएको चालकदलका १७ सदस्यहरुको रिपोर्ट पनि आइतबार नै नेगेटिभ आएको थियो। उनीहरु आइतबार नै घर फर्किसकेका छन् ।

Leave A Reply

Your email address will not be published.