नेपाल भित्रीयो कोरोना भाइरस

0

चीन र दक्षिण कोरियाबाट फर्केका नेपालीमा संक्रमणको आशंका

काठमाण्डौं – विश्वभर स्वास्थ समस्या निम्त्याएको कोरोना भाइरस (कोभिड – १९) को संक्रमण नेपाल भित्रिएको आशंका गरिएको छ । विश्वस्वास्थ संगठनले कोभिड – १९ संक्रमण फैलन सक्ने चेतावनी दिएको एक दिन नबित्दै नेपालमा दुई जनामा कोभिड – १९ को संक्रमणको आशंका गरिएको हो ।

चीन र दक्षिण कोरिया बाट नेपाल फर्किएका दुई जनामा कोभिड – १९ संक्रमणको संकेत देखिएपछि टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ ।

कोभिड – १९ को संक्रमण आशंका गरिएका दुई जनालाई शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखि आवश्यक परिक्षण भै रहेको अस्पतालले पुष्टि गरेको छ ।

यो सँगै नेपालमा पनि कोरोना भाइरस (कोभिड – १९) भित्रीएको आशंका गरिएको छ ।

Leave A Reply

Your email address will not be published.