दोस्रो पटक मृगौला प्रत्यारोपण अस्पताल भर्ना हुँदै प्रधानमन्त्री

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मृगौला प्रत्यारोपणको गरिने भएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि तयार रहेको अस्पताल स्रोतले जानकारी गराएको छ ।

प्रधानमन्त्री ओली आजै अस्पताल भर्ना हुने भएका कारण सरकार सञ्चालनमा अवरोध हुन नदिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी समेत उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलाई दिएका छन् ।

नातामा ओलीकी ३२ बर्षीय भान्जीले मृगौला दिने जनाइएको छ । ती महिलाको नाम अन्जान घिमिरे हो भने हाल उनी राष्ट्रपती निवासमा कार्यरत रहेकी छन् । अन्जानको दाहिनेतर्फको मिर्गौला झिकेर प्रधानमन्त्री ओलीमा प्रत्यारोपण गरिने अस्पतालले जानकारी दिएको छ ।

नयाँदिल्लीको इन्द्रप्रस्थ अपोलो अस्पतालमा लगभग १३ वर्षअघि प्रत्यारोपित मिर्गौलालाई शरीरले अस्वीकार गरेसँगै प्रधानमन्त्री ओली नयाँ प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए । ओलीले यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

Leave A Reply

Your email address will not be published.