प्रचण्डमाथी जुत्ता प्रहार गर्ने पूर्वलडाकु भएको खुलासा

0

काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवक पूर्व लडाकु जुम्लाका २२ वर्षीय रतन तिरुवा जनयुद्धमा बुबा गुमाएका मुन तिरुवाका छोरा  भएको बुझिएको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । युवकलाई अनामनगरस्थित महानगरी प्रहरी वृत्त सिंहदरबारमा लगिएको छ । उनीमाथि अनुसन्धान अगाडि बढाइएको छ ।

युद्धमा बुबा गुमाएको आक्रोशमा रहेको बेला प्रचन्डले बर्ग संघर्षको भाषण् गर्न थाले पछी उहाको व्यबहार र बोलीमा आएको अन्तर खप्न नसकेर जुत्ता हिर्काएको उनले प्रहरीको बयानमा बताएका छन

भरतमोहन स्मृति प्रतिष्ठानको आइतबार आयोजनामा भएको कार्यक्रममा प्रचण्ड प्रमुख अतिथिका रुपमा राष्ट्रिय सभागृहमा भाषण गरेर मञ्चबाट निस्कदै गर्दा उनीमाथि जुत्ता प्रहार भएको थियो । जुत्ता प्रचण्डलाई लागेन ।

Leave A Reply

Your email address will not be published.