प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ?

0

काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गोकुल प्रसाद बाँस्कोटामाथि किन गम्भिर छानबिन सुरु नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन । आईतबारको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै सभापति देउवाले यस्तो प्रश्न गरेका हुन् । उनले भने,‘बाँस्कोटाले ७० करोड कमिशन डिल गरेको प्रकरण एक हप्ता पुगिसक्दापनि गम्भिर छानबिन नहुनु दुःखद् हो । त्यो अडियोमा हामी भनिएको छ, त्यो हामीमा को–को पर्दछ ? कसलाई भनेका हुन् ?’

उनले यो प्रकरणमा गम्भिर छानबिन नभईकन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यो अडियो नक्कली किन भन्नुभयो ? भन्दै कडा प्रश्न गरे । उनले भने,‘उहाँले यसो भन्दा त्यसले छानबिन प्रभावित हुन्छ कि हुँदैन् ? तपाईको बोलीको विश्वसनियता कमजोर भएन ?’

उनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रष्टको सम्बन्धमा जारी गरेको श्वेतपत्रले अहिलेको बाँस्कोटा प्रकरण, गोकर्ण रिसोर्टको लिज प्रकरणको ध्यान मोड्ने काम भएको पनि आरोप लगाएका छन् । उनले नेपाल ट्रष्टको जग्गा लिजमा दिएकोबारे श्वेपत्रमा आफ्नो नाम मुछिएकोमापनि उनले गम्भिर आपत्ति जनाए । उनले भने,‘मेरो प्रत्यक्ष संलग्नतामा कुनै निर्णय भएको छैन् । राजनीतिक पूर्वाग्राहवश नाम जोडिएकोमा गम्भिर आपत्ति छ ।’

त्यस्तै, उनले पेट्राृेलियम पदार्थमा मुल्य बढाएर जनतामा थप भार पारेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘जनतालाई दुःख नदिन अपिल गर्दछु ।’ देउवाले प्राणघातक कोरोना भाईरस, विश्वफरि फैलिएको सुनाउँदै नेपालपनि उच्च जोखिममा रहेको विश्व स्वासथ्य संगठनले भनिसकेकाले सरकारले शतर्कता अपनाउनुपर्नेतर्फ ध्यानकार्षण गराए । उनले यसको संक्रमणबाट जोगिन विशेष सतर्कतााको लागि अपिल समेत गरे ।

Leave A Reply

Your email address will not be published.