प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार हुने

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुने भएको छ ।

उनको पहिलोपटक २०६३ सालमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।

यसअघि उनको मिर्गौला प्रत्यारोपण विदेशमा गर्ने सरसल्लाह भइरहे पनि त्रिवि टिचिङ अस्पतालमै उनको मिर्गौला प्रत्यारोपण गरिने नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.