आन्तरिक विवादका बिच नेकपा सचिवालय बैठक बस्दै

0

काठमाण्डौं – राष्ट्रियसभा सदस्यको मनोनयनको बिषयलाई लिएर विवाद चर्किरहेको समयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ ।

बिहान ११:३० मा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने सदस्यको टुंगो लगाउने अपेक्षा गरिएको छ । राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतम मनोनयन गर्न सचिवालयका बहुमत सदस्यको जोड छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री युवराज खतिवडालाई सिफारिस गर्ने पक्षमा छन् । यसले गर्दा नेकपा उच्च तहमा गम्भीर मतभेद देखिएको छ । आजको सचिवालय बैठक यहि विषयमा केन्द्रित हुने छ ।

Leave A Reply

Your email address will not be published.