पुटिन किन मोबाइल फोन प्रयोग गर्दैनन्

0

विश्वकै शक्तिशाली मध्यका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन कतिपय प्रविधिको प्रयोग गर्दैनन् जबकि उनको देश प्रविधिको विकासमा अब्बल छ । पुटिनले अहिलेसम्म मोबाइल फोन प्रयोग गरेका छैनन् ।

उनले आखिर किन स्मार्ट फोन प्रयोग गरेनन् ? हालै रुसी समाचार संस्था ताससँगको लामो अन्तवार्ता शृंखलामा उनले यसको खुलासा गरेका छन् । पुटिनले आफू हटलाइन ल्यान्डलाइनमै सहज महशुश गर्ने उत्तर थिए । प्रविधिको विकास रोक्न नसकिने भएपनि आफूले हटलाइन फोनमै सहज महशुश गर्ने दोहोर्याए । आफूसँग अन्य अवसर रहेको बताए ।

कहिलेकाहीं फोन गर्न स्मार्ट फोन चाहिए आफ्ना सहयोगीमार्फत् गर्ने बताए । तर, उनीसँग व्यक्तिगत स्मार्ट फोन कहिले भएन । यसअघि सन् २०१८ मा क्रेमलिनका एकजना अधिकारीले पुटिनले कहिलेपनि स्मार्टफोन प्रयोग नगरेको खुलासा गरेका थिए ।

पुटिन कुनैबेला रुसी खुफिया एजेन्सी केजीबीका उच्च अधिकारी थिए । उनी राजनीतिमा आउनु अप्रत्याशित घटना थियो । पुटिन त्यसैले पनि गोपनीयतामा बढी ध्यान दिन्छन् ।

Leave A Reply

Your email address will not be published.