इरानकी उपराष्ट्रपतिलाई कोरोना संक्रमण

0

इरानमा नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गएको छ । इरानका शीर्ष अधिकारीलाई नै कोभिड–१९ को संक्रमण भएको छ । इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो ।

उनी उच्च ओहोदामा रहेकी इरानी महिला पनि हुन् । हाल उनलाई घरमै क्वारेन्टाइनमा राखिएको इरानी सञ्चारमाध्यमले बिहीबार बताएका छन् । बुधबार भएको सरकारको बैठकमा उनी अरु उच्च अधिकारीसँगै सहभागी थिइन् । सो बैठकमा राष्ट्रपति हसन रुहानी पनि सहभागी थिए ।

उनी इरानका चार उपराष्ट्रपति मध्ये एक हुन् । उपराष्ट्रपतिसँगै अरु सात सरकारी अधिकारीमा पनि कोरोनाको संक्रमण भएको छ ।

इरानमा अहिलेसम्म कम्तिमा २४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै बिहीबारसम्म २६ जनाको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

Leave A Reply

Your email address will not be published.