संकटमा ओली सरकार, खुमलटारमा ओली बाहेक नेकपाका शिर्ष नेताको बैठक

0

काठमाण्डौं – प्रचण्ड बहुमत प्राप्त वर्तमान केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार दिनप्रतिदिन संकटमा जेलिंदै गएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री ओली बाहेकका शिर्ष नेताहरू पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजि निवास खुमलटारमा छलफलमा जुटेका छन् ।

छलफलमा पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीका अलावा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल पनि सहभागी छैनन् ।

खुमलटारमा जारी छलफलमा कार्यकारी अध्यक्ष प्रचण्डका अलावा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन् । सचिवालयको निर्णय कार्यान्वयन गर्न अस्वीकार गरेका प्रधानमन्त्री ओलीको कदमको कसरी सामना गर्ने भन्ने रणनीति तय गर्ने बुझिएको छ ।

शुक्रबार बिहान ८ बजेदेखि नै जारी खुमलटार बैठक लगत्तै सचिवालयका बहुमत सदस्यहरूले प्रधानमन्त्री ओलीलाई भेटेरै सचिवालयको निर्णय कार्यान्वयन गर्न दबाब दिने बुझिएको छ । तर प्रधानमन्त्री ओली भने सचिवालयको निर्णय कार्यान्वयन गर्न अस्वीकार गर्दै आएका छन् ।

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओली भने अर्थमन्त्री युवराज खतिवडाको पक्षमा छन् । यो सँगै नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

Leave A Reply

Your email address will not be published.