प्रधानमन्त्री ओलीले शेखरसँग किन गोप्य भेटवार्ता गरे ?

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग डेढ घण्टा लामो गोप्य भेटवार्ता गरेका छन। बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको कोइरालाले जानकारी दिए ।

पछिल्लो राजनीतिक अवस्थाको बारेमा कुराकानी भएको उनको भनाई छ । उता, प्रधानमन्त्री ओली भने देशका बारेमा निकै चिन्तित देखिएका थिए । भेटवार्ताको सुरुवातमै प्रधानमन्त्री ओलीले नेता कोइरालालाई जिल्लाबाट कहिले फर्किनुभयो ? भनेर सोधेका थिए ।

कोइरालाले आफू हिजो बेलुकामात्रै काठमाडौं आएको उल्लेख गर्दै पछिल्लो देश दौडाह र अहिले देखिएको अवस्थाबारे जनताले नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिएका छन् है भन्ने कुरा सनुाएका थिए । तर, प्रधानमन्त्री ओलीले भने कोइराला प्रतिपक्षी दलको नेता भएकोले आफूले कुरा बुझेको ठट्टा गरेका थिए ।

कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारीअनुसार नेता कोइरालाले प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन नभनेको स्पष्ट पारे । उनले भने,‘उहाँहरुबीच व्यक्तिगत पनि धेरै राम्रो सम्बन्ध छ । यो पनि नियमित भेटवार्ताजस्तै हो ।’

नेता कोइरालाले वामदेव गौतमलाई राष्ट्रियसभा लैजाने र प्रधानमन्त्री बन्नको लागि विधान संशोधन गर्ने कुरा गर्नु गलत हुनेतर्फ प्रधानमन्त्री ओलीको ध्यानाकार्षण गराएका थिए । उनले थपे,‘शेखर दाईले यस्तो गरिए गलत नजिर बस्छ । देश दुर्घटनामा जान सक्छ । तपाई त लोकतान्त्रिक लडाई लड्नु भएको नेता जानाजान गलत काम गर्नु हो भनेर उहाँले भन्नुभयो ।’

Leave A Reply

Your email address will not be published.