ओलीलाई बचाउन अब ईश्वरको मात्रै भर !

0

काठमाण्डौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना हरेक निर्णयमा अब ईश्वर पोखरेलको मात्रै साथ रहने भएको छ । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार सचिवालयमा ओलीलाई यसअघि ईश्वर पोखरेल र विष्णु पौडेलको साथ थियो । तर, पछिल्लो समय विष्णु पौडेलले समेत ओलीको साथ छोडेको कुरा आएको छ ।

पार्टीभित्र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ को गठबन्धन हाबी भएपछि अध्यक्ष ओली स्पष्ट अल्पमतमा परेका छन् ।

बहुमतले निर्णय गर्न थालेपछि विष्णु पौडेलले समेत दाहाल–नेपाल गठबन्धनलाई साथ दिएको खुलासा भएको छ । उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गर्दापनि विष्णु पौडेलको समर्थन थियो । जबकी अध्यक्ष ओलीको पक्षमा देखिएका पोखरेल भने मौन थिए ।

Leave A Reply

Your email address will not be published.