एनआरएनएलाई दलाल र भु माफीयाले फसाए- अध्यक्ष पन्त ।

0

भोला लामिछाने, स्पेन,

गैह्र आवासीय नेपाली संघ एनाअरएनएका केन्द्रीय अध्यक्ष कुमार पन्तले संघलाई दलाल र भु – माफीयाले फसाएको वताएका छन् ।


गैह्र आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित एक अन्तरक्रीया कार्यक्रममा संघको भवन निर्माण गरिएको बालुवाटारको जग्गा प्रकरणको वास्तविकता के हो भनी सहभागीहरूको प्रश्नमा पन्तले ” हामीलाई दलाल एवं भु- माफीयाहरूले षड्यन्त्रपुर्वक फसाए” स्वीकार्नु भयो ।
चुनावताका जस्तो जोश जाँगर हराएको हो की जस्तो देखीने अध्यक्ष पन्तले दुखेसो पोख्दै भने ” उक्त जग्गा खरीद गर्नुपुर्व हामीले विश्वासको भरमा काम गर्यौ , यो नै हाम्रो गल्ती भयो” ।


” संस्थापक अध्यक्ष उपेन्द्र महतो, पुर्व अध्यक्ष शेष घले, जिवा लामीछाने , सबैसग मैले सम्पर्क गरेको छु निवर्तमान अध्यक्ष भवन भट्ट सग कुराकानी हुन पाएको छैन । छिटै कुराकानी गर्दै छु । । मार्च को अन्तीम हप्ता काठमाडौमा छलफल तय भएको छ ” ।
” आफुले कसैलाई पनि नचिनेको भित्र भित्र बुझ्दै जादा जग्गा कसको हो अझै पत्ता लगाउन नसकेको पनि पन्तले बताए । एकले अर्कालाई अर्काले फेरी अर्को लाई देखाईरहनु भएको छ मैले कसैलाई पनि चिन्दिन। आईसीसी लगायत एनसीसीहरूमा पनि यो धेरै छलफलको बिषय बनेको छ। धेरै एनआरएनए साथीहरुले सोधीरहनु भएको छ , छिट्टै हामीले यसको वास्तविकता बताउने छौ।


अध्यक्षमा निर्वाचित भएसगै कतार पछी बार्सिलोनामा पहिलो औपचारिक कार्यक्रममा भाग लिएको वताउदै पन्तले संस्थाको आर्थिक विषयमा धेरै कुराहरू आईरहन्छन् तपाईहरूको ५,५ डलरको सहयोग जम्मा भएर नै संस्था चल्ने हो ।


हामीले थुप्रै आयोजनाहरू बनाईरहेका छौ कतिपय शुरूवातको क्रममा छन् । एनआरएनले गरेका सबैजसो आयोजनाहरूको पहिला बजेट अनुमान एउटा हुने र सम्पन्न हुदै गर्दा लागतमा बृद्दी हुने देखीएको छ र यसलाई पुरा गर्न फेरी चन्दा संकलन गरेर पुरा गर्नु पर्ने बाध्यत्माक स्थितिले आर्थिक कारोबारहरूमा प्रश्न चिन्ह आउने गरेका हुन् जस्तो मलाई लाग्छ ।


काठमाडौ मा सुविधासहित को नमुना शौचालय हरू बनाउन लागेका छौ र करिब ५ वर्ष हाम्रै स्वामित्वमा रेखदेख संरक्षण गरिने गरी महा नगरपालीका सग सम्झौता पनी भएको छ । यी सबै तपाईहरूको सहयोग बाट नै पुरा हुने हुन् । यसको लागी सबैसग सहयोग को अपेक्षा समेत गरेको छु । अरबौको लगानी हामी नेपाल लग्दै छौ ।


एन आर एन चुनावमा धेरै पैसा को चलखेल हुने गरेको विषय सत्य रहेको र एन आर एन को मतदानको विषयमा पन्तले अबका चुनाव बिना पैसा सदस्य बन्न पाउने र चुनाव मा भोट दिन काठमाडौ नगई जहा बसेको छ त्यही देशबाट अनलाईन सिस्टम मार्फत मतदान गर्न पाउने बताउनुभयो ।
धेरै पैसा हुनी अध्यक्ष अली कम हुनी उपाध्यक्ष यसरी समाजमा बिक्रिती ल्याउने र संस्थाको भबिष्यमा समेत् असार गर्ने हुँदा संस्था दिगो रूपमा जोगाउन यसतर्फ ध्यान दिनु जरूरी छ पन्तले थप्नु भयो ।


नेपालका परराष्ट मन्त्री प्रदीप कुमार ज्ञवालीले प्रमुख अतिथिको आसनबाट अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैह्र आवासीय नेपालीहरूलाई जहा जसरी रहनु भएको छ, नेपाली दाजुभाई दिदीबहिनीहरू त्यही आफ्नो कामलाई दक्षता हाशिल गर्दै बढाएर केही समय तथा लगानी नेपालमा पनि गर्नु सकेको खन्डमा त्यसबाट नेपालमा पनि रोजगारी सृजना हुने र दोहोरो फाईदा हुने बताउदै नेपाल सरकार प्रवास डायस्फोरामा रहेका नेपालीहरूको सुख दुख हरेक समस्यामा साथ दिने प्रतिबद्धता जनाउनु भयो ।


स्पेनले नेपाली दुताबास पाएको बताउदै काठमाडौमा स्पेनीस दुताबास निर्माण गर्न पहल गर्ने बताउदै निकट भबिष्यमै समय मिलाएर स्पेनका परराष्ट्र कुटनितीक लेवलमा आफुले भ्रमण तय गर्ने र दुई देश बिचको कुटनितीक सम्बन्ध लाई अझ बिस्तार गर्ने बताउनु भयो ।


गैह्र आवासीय नेपाली संघ स्पेनको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्पेन लगायत पोर्चुगल, बेल्जीयम, जर्मनी , नेदरल्यान्ड लगायतका देशबाट विभिन्न संघसंस्थाका प्रतिनीधीहरूको उपस्थित रहेको थियो ।

Leave A Reply

Your email address will not be published.