मलाई फसाउने गिरोह अझै षड्यन्त्र गर्न सक्रिय छ: महरा

0

दाङ – जेलबाट छुटेपछि सोमबार पहिलोपटक दाङ पुगेका पूर्व सभामुख कृष्णबहादुर महराले आफु तीन महिनाको भुमरीबाट बाहिर निस्कन सफल भएको भन्दै आफुविरुद्ध षड्यन्त्र गर्ने गिरोह आफुलाई फसाउन अझै षड्यन्त्र गर्न सक्रिय रहेको दावी गरे ।

यो घटनाको बिषयमा आफु अहिले केही नबोल्ने भन्दै आफ्ना मतदाताहरू भेट्न निर्वाचन क्षेत्रमा जानको लागि आफु दाङ आएको बताए । उनले जिल्लाको विकासमा आफु निरन्तर क्रीयाशिल रहने समेत प्रतिबद्धता व्यक्त गरे ।

पूर्व सभामुख महरालाई दाङमा भव्य स्वागत समेत गरिएको थियो । दाङको भालुबाङ समाजले माला, अबिर र बाजागाजा सहित स्वागत गरेको थियो भने दाङकै लालमटिया, सिसहनिया, लमही र घोराहीका उनका समर्थकहरूले उनको भव्य स्वागत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.