बेल्जियममा भलिबल प्रतियोगिता, मोना बेल्जियम र एनआरएनए लक्जेम्बर्ग बिजेता

0

युरो नेपाल खेलकुद संघ बेल्जियम र गैर आबासीय नेपाली संघ बेल्जियमको संयुक्त आयोजनामा भलीबल प्रतियोगिता सम्पन्न भएको छ । बेल्जियमको एन्तवेरपेन शहर आईतवार भएको खेलमा बिभिन्न संघ संस्था र समुह गरी ६ वटा समुहले भाग लिएका थिए ।

जसमा मोना बेल्जियम बिजेता भयो भने एनआरएनए लक्जेमबर्गको टिम दोश्रो भयो । प्रथम पुरुस्कार एक हजार र द्वितिय पुरुस्कार पाच् सय नगद सहित् बिजेता टोली र सहभागि खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको खेलको उद्घाटन भलिबलको सट हानेर बेल्जियमका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापा र गैर आबासीय नेपाली संघका अध्यक्ष चित्र सुबेदीले गर्नु भएको थियो ।

खेलको ब्यबस्थापन सन्चालनका लागि आबस्यक बिभिन्न सामाग्री पुरुस्कार, खेलाडीका लागि खाना पेय पदर्थ लगायत अन्य सहयोग गर्ने संघ संस्था र ब्यक्तीहरुलाई युरो नेपाल खेलकुद संघका अध्यक्ष ज्ञानु थापा र एनआरएनए बेल्जियमका युबा सन्योजक कासी दनाएेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
सोही कार्यक्रममा नेपालका ख्यातीप्राप्त गायक बिन खातीको राष्ट्रिय गीत ”मदेशको भए नि पहाडको भए नि हामी नेपाली” को महामहिम राजदुत लोक बहादुर थापाले लोकार्पण गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.