उपचार खर्चका नाममा दोहन : ५ सय ७७ रुपैयाँदेखि साढेँ चार लाखसम्म

0

काठमाण्डौ – जनप्रतिनिधि नै जनताको हित विपरित लागेपछि कस्को के लाग्छ ? ऐनमा व्यवस्था भएको भन्दै राज्यकोषबाट जनप्रतिनिधिहरुले सामान्य उपचारका गर्न भन्दै लाखौ रुपैयाँ लिदै आएका छन् । अधिकाशं संघीय ससद्का सासदहरुले राज्यकोषबाट उपचारको नाममा खर्च लिनेमा संघीय संसद्लगायत अन्य जनप्रतिनिधीहरुले उपचारको नाममा रकम लिनेको संख्यामा बृद्धि हुदै गएको छ ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनमा उपचार खर्च लिन पाइने व्यवस्था रहेको छ । तर ऐनमा लिन पाउने व्यवस्था भएको भन्दैमा सामान्य चेकजाँचको बिल पेश गरेर उपचार खर्च लिदै आएका छन् । २०७५ भदौदेखि २०७६ माघ महिनासम्ममा सांसदहरूले २६ लाख २७ हजार ३ सय १० रुपैयाँ ५० पैसा उपचार खर्चका नाममा रकम लिएको पाइएको छ ।

सो उपचार खर्च लिनेमा काठमाडौं उपत्यकाभित्र घर भएका र आर्थिक अवस्था मजबुत भएका सांसदले समेत ‘उपचार खर्च’ लिएका छन् । सुविधा लिनेमा संसदीय दलका नेता, समितिका सभापति र पूर्वमन्त्रीहरू छन् । सो अबधिभित्र सबैभन्दा बढी उपचार खर्च लिनेमा नेकपा सांसद शान्तिकुमारी अधिकारी जिसीले ४ लाख ३२ हजार १ सय ८८ रुपैयाँ लिएकी छिन । अधिकारीले गत मंसिरमा मिर्गौला प्रत्यारोपण गरेकी थिइन् । उनको शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको हो।

सबैभन्दा कम नेकपाकै कमलाकुमारी वलीले ५ सय ७७ रुपैयाँ लिएको छ । समाजवादी पार्टीकी सांसद रेणुका गुरुङले २०७६ वैशाख १५ गते ३ सय ५० रुपैयाँ लिएकी छन् । अधिकाशं सासदहरुले मनमोहन कार्डियोथोरासिक ट्रान्सप्लान्ट तथा भास्कुलर सेन्टरमा उपचार गरेको विवरण पेश गरेको पाइएको छ । नेकपा सांसद जिसीले गम्भीर बिरामी भएको विवरण पेश गरेर पटक–पटक उपचार खर्च लिएको संसद सचिवालयले जनाको छ ।

नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ८ हजार ५ सय ५५ रुपैयाँ उपचार खर्च लिएको समेत सूचीमा रहेको छ । कांग्रेस सांसद प्रकाशमान सिंहले १ लाख ३२ हजार ७ सय ३१ रुपैयाँ उपचार खर्च लिएका छन् । कांग्रेस नेता सुरेन्द्रराज पाण्डेले १५ हजार ९ सय ३४ रुपैयाँ उपचार उपचार खर्च लिएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ६ हजार १ सय ४ रुपैयाँ, तत्कालीन उपसभामुख एवं कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ८ हजार ३० रुपैयाँ, राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले ७ हजार ३ सय रुपैयाँ र स्वास्थ्य राज्यमन्त्री नवराज रावतले ५ पटक उपचार खर्च लिएको रेकर्ड सचिवालयले उपलव्ध गराएकोे छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाले ८ हजार ४ सय ४३ रुपैयाँ, नेकपाका देव गुरुङले ५ हजार ८ सय रुपैयाँ, गुरुङपत्नी यशोदा सुवेदीले ९ हजार २ सय १४ रुपैयाँ, नेकपा नेता दिनानाथ शर्माले २२ हजार २ सय ५० रुपैयाँ, कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले ९ हजार ६ सय ४५ रुपैयाँ उपचार खर्च लिएकी छन । पूर्वमन्त्री वृजेशकुमार गुप्ताले २ हजार १ सय ५४ रुपैयाँ, नेकपा सांसद सानु सिवाले २ लाख ७७ हजार ४ सय ७७ रुपैयाँ, कांग्रेसका मानबहादुर विश्वकर्माले ३५ हजार ७ सय ६५ रुपैया लिएको पाइएको छ । सांसद रुही नाजले १ लाख ५० हजार रुपैयाँ लिएका छन् ।

२०७५ भदौ देखि २०७६ माघसम्ममा ८७ सांसदले १७३ पटक उपचार खर्चका नाममा २६ लाख २७ हजार रुपैयाँ लिएको देखिन्छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा सांसद तथा संसद्का पदाधिकारीलाई उपचार खर्चसम्बन्धी व्यवस्था गरेको छ । सांसदहरूको उपचार खर्चको बिल रुजु गर्न संघीय संसद् सचिवालयले ३ जना डाक्टर र ३ जना कर्मचारी रहेको मेडिकल बोर्ड गठन गरेको छ । विगतका दिनमा सांसदले भिटामिन खाएको बिल समेत पेश गरेका थिए । हालसम्म जटिल रोग लागेर उपचार गरेको विवरण पाइएको छैन ।

Leave A Reply

Your email address will not be published.