मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदद्वारा राजीनामा

0

मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले केही समय अगाडि मात्र त्यहाँका राजासमक्ष राजीनामा दिएका छन् ।

९४ वर्षीय महाथिर २०१८ मा प्रधानमन्त्री घोषित हुँदा विश्वकै सबैभन्दा जेष्ठ प्रमुखका रुपमा रहेका थिए । त्यतिबेला उनले अरबौँ डलर घोटाला गरेका नाजिब रजकलाई आश्चर्यजनक रुपमा हराएका थिए ।

प्रधानमन्त्री कार्यालयका अनुसार उनले स्थानीय समय १ बजे राजीनामा पत्र बुझाएका हुन् ।

यसबाहेक अन्य कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

महाथिर मलेसियाको राजनीतिक इतिहासका महत्त्वपूर्ण पात्र मानिन्छन् जो यसअघि पनि १९८१ देखि २००३ सम्म प्रधानमन्त्री रहिसकेका छन् ।

बीबीसी

Leave A Reply

Your email address will not be published.