मन्त्री बास्कोटाको राजीनामा नदिने अडान

0

काठमाण्डौं – सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा नदिने अडान लिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको सेटिङ गरेको अडियो टेप सार्वजनिक भएपछि उनले टेपमा बोल्ने आफू होइन नभनेपनि यसबाट केही फरक नपर्ने बताएका छन ।

बाँस्कोटाले टेपबारे आज तीन बजे नियमित पत्रकार सम्मेलनमा बोल्ने बताए । उनले नखाएको विष नलाग्ने भन्दै तथ्य विषयबारे आज जानकारी गराउने बताए ।

मन्त्री बाँस्कोटाले पत्रकार सम्मेलनमा बोल्ने बताइरहँदा उनीमाथि भने राजीनामाको दबाब बढेको छ । सत्तापक्ष र प्रतिपक्षबाट उनीमाथि राजीनामाको दबाब बढेको हो ।

Leave A Reply

Your email address will not be published.