सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर: कांग्रेस

0

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्नु पर्ने माग गरेको छ । एक स्वीस कम्पनीसँग सेक्युरिटी प्रिन्टिङ्ग प्रेस खरिद गर्दा कमिसनका लागि बार्गेनिङ्ग गरेको आरोप सञ्चारमन्त्री बाँस्कोटामाथि लागेको छ ।

यस विषयमा सत्य–तथ्य पत्ता लगाउनका लागि अनुसन्धान गर्नु पर्ने र सो अनुसन्धानको मार्ग प्रशस्त गर्नका लागि सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्नु पर्ने माग कांग्रेसले गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा दाबी गरिएको छ, ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघि नै सार्वजनिक भएका थिए । तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

विज्ञप्तिमा अघि भनिएको छ, ‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीलाई सार्वजनिक रुपमा आग्रह गर्दछ ।’

Leave A Reply

Your email address will not be published.