एमसीसीको विरोधमा फागुन ७ गते नेपाल बन्दको घोषणा

0

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिषयलाई लिएर उक्त सम्झौता खारेजीको माग गर्दै भोलि (फागुन ७) गते नेपाल बन्दको घोषणा गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नामक समूहले बन्दको आह्वान गरेको हो । नेपाल सरकार र अमेरिकाबिच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपाल विदेशी सैन्य अखडामा परिणत हुने उक्त समूहको ठहर छ ।

२०६३ को शान्ति सम्झौतापछि तत्कालीन माओवादी नेतृत्वले जनतालाई धोका दिएको भन्दै तत्कालीन माओवादीका असन्तुष्ट समूहले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरेका थिए । जनयुद्धका बाँकी कार्यभार आफूहरूले पूरा गर्ने उक्त समूहको दावी छ ।

एमसीसी विरुद्ध अघिल्लो महिनादेखि नै चरणबद्ध संघर्ष गर्दै आएको जनाएको उक्त समूहले एक प्रेस वक्तव्य जारी गर्दै बन्दको आह्वान गरेको हो ।

Leave A Reply

Your email address will not be published.