राजपा नेपाललाई सरकारमा नजान भारतले दबाब दिएको खुलासा

0

काठमाण्डौं – राष्ट्रिय जनता पार्टीलाई वर्तमान नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारमा नजान भारतले दबाब दिएको खुलासा भएको छ ।

पछिल्लो समय राजपा नेपाल संघीय सरकारमा सहभागी हुने र प्रदेश २ सरकार समेत परिवर्तनको हल्ला चलिरहेको समयमा उक्त कुराको खुलासा भएको हो । भारत भ्रमणमा रहेका राजपा अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो र शरदसिंह भण्डारीलाई सरकार सहभागी नहुन भारतीय पक्षले दबाब दिएको स्रोतले दावी गरेको छ ।

स्रोतका अनुसार अब राजपा संघीय सरकारमा सहभागी हुने र प्रदेश २ को सरकार परिवर्तनको सम्भावना समेत टरेको छ । राजपाले अघि सारेको मागमा प्रधानमन्त्री केपी शर्मा ओली लचिलो नभएको भन्दै सरकारमा सहभागी नहुन भारतले भनेको हो । स्रोतले जानकारी दियो ।

अर्कोतिर राजपा सरकारमा सहभागी हुनको लागि कम्तीमा चार मन्त्रालय दिनुपर्ने शर्त राखेको थियो । तर प्रधानमन्त्री ओली भने राजपालाई चार मन्त्रालय दिन नसक्ने अडानमा यथावत रहँदा पनि समस्या उत्पन्न भएको बताइन्छ ।

त्यो सँगै आफ्ना सांसद रेशम चौधरीको रिहाईमा पनि ओली सकारात्मक नभएको राजपाको ठहर छ त्यो सँगै प्रदेश २ को राजपा – समाजवादी गठबन्धनको सरकार तोड्न लागि मात्रै राजपालाई प्रयोग गर्न खोजेको राजपा नेताहरूको बुझाई छ ।

Leave A Reply

Your email address will not be published.