‘माओवादी आन्दोलन सही समयमा अवतरण नभएको भए समाप्त हुन्थ्यो’ : प्रचण्ड

0

काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलन सहि समयमा अवतरण नभएको भए माओवादी आन्दोलन नै समाप्त हुने खतरा देखेर नै शान्तिपूर्ण रूपमा अवतरण गराइएको बताए ।

पार्टी कार्यलय धुम्बाराहीमा बिहिवार २५ औं जनयुद्ध दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले १२ बुँदे समझदारीपूर्व तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई अझै ठूला फौजी आक्रमण बढाईदिनुपर्‍यो भनेर आग्रह गर्ने गरेको समेत खुलासा गरे । ‘गिरिजाप्रसाद कोइरालाले अझै ठूला आक्रमण गरिदिनुपर्‍यो, सदरमुकाम नै हान्नु पर्‍यो भनेर मलाई भन्नुहुन्थ्यो, यहि विचित्रको परिस्थितिको बलमा राजतन्त्र ढालेर गणतन्त्र संस्थागत गर्न सफल भएका हौं । उनले भने ।

नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक रहेको प्रचण्डको दावी छ । युद्धले ग्रसित धेरै मुलुकले शान्ति प्रक्रियामा आउन खोजेपनि उनीहरु सफल नभएको उनको भनाइ थियो । शान्ति प्रक्रिया मार्फत गणतन्त्रसम्म आइपुग्नु नेपाली जनताको सौभाग्यपूर्ण उपलब्धि रहेको समेत उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.