प्रतिनिधिसभा बैठक: निरोको बाँसुरी, ललिता निवास, कोरोनाभाइरस देखि यति सम्म चर्चामा

0

काठमाण्डौं – प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बजाएको बाँसुरीलाई सांसदहरूले रोमका शासक निरोको बाँसुरी सँग तुलना गरे । ‘सांरगी साझँ’ लाई निरोको प्रवृत्ति भन्दै कडा आलोचना गरे ।

त्यो सँगै ललिता निवासको जग्गा अनियमितता प्रकरणमा सरकारले संवैधानिक आयोगलाई सरकारले आफ्नो प्रभावमा पारेर आफ्नालाई उन्मुक्ति दिने र फरक विचारको भएकै आधारमा जेल पठाउने तयारी गरिरहेको भन्दै अख्तियार र सरकारको कदमको समेत आलोचना गर्न भ्याए ।

त्यस्तै पछिल्लो समय चीनबाट फैलिएको नोभिड – १९ नाम दिइएको कोरोना भाइरस बाट चीनमा रहेका नेपालीहरू उद्दारको पर्खाइमा रहेका नेपालीहरूलाई उद्दार गर्न नसकेको भन्दै सरकारको आलोचना गरे त्यो सँगै महंगी बढिरहेको र विपन्न नागरिक जाडोमा एकजोर न्यानो लुगा फेर्ने हैसियतमा छैनन् । त्यस्तै कर्णालीमा सिटामोलको अभावले तीन सातामा ९ जनाको ज्यान गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यो सँगै नेपाल ट्रष्टको स्वामित्वमा रहेको गोकर्ण फरेष्ट सहितको जग्गा नेपाल ट्रष्टको ऐननै संशोधन गरेर यति समुहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुले सरकारले नितिगत भ्रष्टाचारलाई प्रोत्साहन गरेको जिकिर गरेका थिए ।

नेपाल ट्रस्टले भाडामा लगाएको ३ हजार रोपनी जग्गामध्ये गोकर्ण, ताहाचल र दरबारमार्गको २ हजार ७ सय ९९ रोपनी जग्गा यती समूहलाई दिइएको छ ।

पाँच अर्ब रूपैयाँ नोक्सानी हुने गरी दरबारमार्गको जग्गा यती समूह किन लिइयो ? पाथीभराको ३ सय १७ रोपनी ८० वर्षका लागि सित्तै दिइनु र धरानमा विमानस्थल बनाउने प्रचार गरेर यती समूहले प्रतिकठ्ठा २८ हजार रूपैयाँका दरले किनेर सरकारलाई ३० लाख प्रतिकठ्ठाले बेच्न लागेको विषयमा र शिवपुरी राष्ट्रिय निकुञ्जको २ सय १६ रोपनी जग्गा वार्षिक ४० हजारमा के नियतले दिइएको हो ?

यतीसँग सरकार सती जानुको कारण के हो ? सरकारले एउटा व्यापारिक समूहलाई राज्यको सारा सम्पत्ति जिम्मा लगाउनुको अन्तर्य के हो, प्रधानमन्त्रीसँग यसको जवाफ माग गर्दछु । साथै, पाँच वर्षअघि न्यारोबडी जहाज खरिद गर्दा ४ करोड २८ लाख घूस दिएको विषयको वास्तविकता सदनसमक्ष राख्न माग गर्दछु ।

Leave A Reply

Your email address will not be published.