बेल्जियमका ब्यबसायीहरुको सामुहिक लगानीमा खुल्यो सुशी र यसियन सामानको होलसेल स्टोर

0

बिदेशमा रहेको नेपाली समुदाय सामाजिक एकता र ब्यबसायिक साझेदारीको लागि गतिशिल बन्दै गैरहेको छ । सामाजिक अभियानमा सकृय रहेको छबि बनाएको बेल्जियमको नेपाली समुदायबाट ब्याबसायिक एकता र सामुहिक लगानीका ब्यवसायहरु हुन थालेका छन । फेब्रुवरी १० सोमबार यस्तै एउटा सामुहिक लगानीको होलशेल मार्केटको बेल्जियमका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापाले सुभारम्भ गर्नु भएको छ ।

करिब दस लाख युरो (बाह्र करोड रुपैया ) को लगानीमा बेल्जियमको किल्सबर्ग एन्टवेरपेनमा यसियन खाद्य एबम पेय पदार्थको होलसेल स्टोर सुरु गरिएको छ ।

थाई फुड, जपानिज फुड र नेपाली खानाको अलग अलग डिपार्ट्मेन्ट बनाएर समग्र यसियन सामाग्रीहरु खाद्य पसल र रेस्तुरेन्टहरुलाई सेवा दिने लक्ष्य राखिएको स्टोरका संचालक एबम नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष यामु निरौलाले बताउनु भएको छ । राजदुत थापाले स्टोरको सफलअतको शुभकामना दिदै नेपाली ब्यबसायीहरु पनि ठुलो लगानी को ब्यवसायमा लागेकोमा खुशी ब्यक्त गर्दै भबिस्यमा यसबाट नेपाली उत्पादनलाई पनि सहयोग पुग्ने आशा ब्यक्त गर्नु भयो

नेपालमा उत्पादित उत्कृष्ट खाद्य, पेय र अन्य सामाग्रीहरु युरोपमा पुर्याउन पनि आफुहरुको मुख्य उद्द्यस्य रहेको संचालकहरुको भनाई छ । आठ जना संचालक रहेको ब्यवसायमा सबै संचालकहरुका आआफ्नो रेस्टुरेन्ट र पसलहरु रहेका भएता पनि सामुहिक रुपमा गर्दा ठुलो बजार ओगट्न र ब्याबसायिक हौसला बढाउन संयुक्त लागानीमा स्टोर सन्चालन गर्न खोजेको उनीको धारणा रहेको छ ।

नेपाली समुदाय ब्याबसायिक रुपमा आत्मनिर्भर बन्दै गैरहेको र बिस्तार पनि हुँदै गरेकोले सुशी सामान र यसियन सामान् आफ्नो समुदाय र अन्य यसियन एबम युरोपियन ब्यापारी सम्म पुर्‍याएर निकट भबिष्यमै नेपाली डिपार्टमेन्टबाट नेपाली निर्यातलाई पनि सहयोग पुर्याउने उद्यस्य स्टोरको रहेको छ ।

ब्यबसायीहरु शिव बरुवाल, भिम जोशी , लोक प्रसाद दाहाल, यामु निरौला, मदन दवाडी, अनन्त वस्ती, काशी दनाई र सन्तोष पौडेल साझेदार रहेको फुड यसिया कम्पनीको उद्घाटनमा शुभकामना दिन पुगेका गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले नेपाली सामाग्री र यसियन सामाग्री युरोपको बजारमा पुर्‍याइ नेपाली सामानको पर्बर्धन र नेपाली निर्यात उध्योगलाई सहयोग पुग्ने लक्ष राखेकोमा खुशी लागेको बताउदै नेपाली ब्यबसायीहरुको सफलताको कामना गर्नु भएको छ।

बेल्जियमको सुशी रेस्टुरेन्टहरुको ठुलो बजार ओगटेका नेपाली ब्यबासायी हरुलाई सो स्टोरबाट बिशेष सेवा प्राप्त हुनेछ ।

Leave A Reply

Your email address will not be published.