दिल्लीमा चलेन मोदीको जादु, आम आदमी पार्टीको स्पष्ट बहुमत आउने संकेत

0

एजेन्सी – २२ बर्षदेखिको दिल्लीको सत्तामा पुनरागमन गर्ने भाजपाको सपनालाई सपनामै सिमित राख्दै अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी स्पष्ट बहुमत तर्फ अगाडि बढिरहेको छ ।

बिहान ११:३० सम्मको मतगणनाको प्रारम्भिक रुझान हेर्दा आम आदमी पार्टी स्पष्ट बहुमत तर्फ अग्रसर भै रहेको छ । मतगणनाको प्रारम्भिक नजिता अनुसार ७० सिट मध्ये ५० सिटमा आम आदमी पार्टी अगाडि छ भने भाजपाले १९ सिटमा अग्रता बनाएको छ । यसपटक पनि दिल्लीमा भारतीय कांग्रेस शुन्यता तर्फ अगाडि बढिरहेको छ ।

गत शनिबार सम्पन्न भएको दिल्ली बिधानसभाको नतिजा आज साँझसम्म आइसक्ने अनुमान गरिएको छ । निर्वाचन लगत्तै सार्वजनिक भएका मत सर्भेक्षणहरूले पनि आम आदमी पार्टी बिजयी हुने आँकलन गरेका थिए ।

तर भाजपाले भने त्यसलाई अस्वीकार गर्दै ४८ सिटमा आफ्ना उम्मेदवार बिजयी हुने दाबी गरिरहेको थियो । अघिल्लो विधानसभा निर्वाचनमा आम आदमी पार्टीले ७० मध्य ६७ सिटमा बिजय हासिल गरेको थियो ।

Leave A Reply

Your email address will not be published.