मन्त्रीपरिषद बैठकले टुंग्याउन सकेन भावी आईजिपी, भोलि बिहान फेरि बैठक बस्ने

0

काठमाण्डौं – सोमबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीको भावी आईजिपीको टुंगो लगाउन नसकेपछि भोलि (मंगलबार) बिहान पुनः मन्त्रीपरिषद बैठक बसेर भावी आइजिपीको टुंगो लगाउने तयारी सरकारले गरेको छ ।

३० बर्षे सेवा हदका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोलि (मंगलबार) अनिवार्य अवकाश पाउँदै छन । खनालसँगै एआईजिपीहरू पनि अवकाशमा जाने भएकोले डिआइजीबाट महानिरीक्षक बनाउनुपर्ने छ । डिआइजीहरू ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सुर्य उपाध्याय महानिरीक्षकको दौडमा छन ।

वरिष्ठताका आधारमा आईजिपी नियुक्त भएमा ज्ञवालीले बाजि मार्ने छन । भने उपाध्यायको सम्भावना कमजोर रहेको बताइन्छ । ज्ञवाली र लम्साल भन्दा ढिलो बढुवा पाएकोले पनि उपाध्यायको सम्भावना कमजोर रहेको मानिदां लम्साल वा ज्ञवाली नै आईजिपी हुनेछन । ज्ञवाली गृहमन्त्री र प्रधानमन्त्रीको समेत रोजाइमा रहेको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.