कांग्रेसद्वारा संसद बैठक अवरुद्ध, सदन मंगलबार सम्म स्थगित

0

काठमाण्डौं – अख्तियारको निर्णयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (आइतबार) को संसद बैठक पनि अवरुद्ध गरेको छ ।

आजको संसद बैठक सुचारु हुनासाथ कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेसले उठाएको बिषय अदालतको क्षेत्राधिकार भित्र प्रवेश गरिसकेको हुँदा सदन सुचारु गर्न दिन आग्रह गरेका थिए ।

तर कांग्रेस सांसदहरूले आफुहरूले बोल्न पाउनुपर्ने माग राखेका थिए । सभामुख सापकोटाले यसअघिका दुई बैठकमा कुरा सुनिसकेको भन्दै आगामी मंगलबार सम्मका लागि संसदको बैठक स्थगित गरेका छन ।

Leave A Reply

Your email address will not be published.