अख्तियारको निर्णय विरुद्ध तरुण दलको माइतीघरमा प्रदर्शन

0

काठमाण्डौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको निर्देशनमा राजनीतिक प्रतिशोध र बदनियतपुर्वक आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाएको र सोही प्रकरणमा संलग्न अन्यलाई नेकपा नेता भएकै कारण मुद्दा दर्ता नगरिएको भन्दै प्रदर्शन गरेको छ ।

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना पनि सहभागी छन । प्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले ‘राजनीतिक पुर्वाग्रहको आधारमा विजयकुमार गच्छदारलाई मुद्दा चलाउने तर प्रधानमन्त्री माधवकुमार नेपाल र जग्गा आफ्नो नाममा बनाउने नेकपाका महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिने कार्य कदापि सैह्य छैन ।’ अख्तियारको दुराशयपुर्ण निर्णयका विरुद्ध सडक आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

माइतीघरबाट सुरु भएको विरोध प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी प्रदर्शनकारीले ‘नेपाल, पौडेल, ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार, दुई तिहाइको दम्भ देखियो न्यायको घाँटी रेटियो, विभेद गर्न पाइदैन, अख्तियार चाहिँदैन, कठै अख्तियार, नेकपासामु लम्पसार’ जस्ता नारा लगाएका थिए ।

यसैगरी तरुणदलले अख्तियारको निर्णय विरुद्ध देशैभरका जिल्ला सदरमुकाममा पनि विरोध प्रदर्शन गरिरहेको छ । केहि दिन अगाडि मात्रै पार्टी पदाधिकारीले केन्द्रीय कार्यलय सानेपामा भातृ संस्थाहरूलाई अख्तियारको निर्णय विरुद्ध सडकमा उत्रन निर्देशन दिएको थियो ।

Leave A Reply

Your email address will not be published.