ज्ञवाली नयाँ आईजीपी, सोमबारको मन्त्रीपरिषद बैठकले निर्णय लिने

0

काठमाण्डौं – मंगलबार रातिबाट प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल सहित तीन एआईजी र १७ डिआईजीले ३० बर्षे सेवाअवधिका कारण अनिवार्य अवकाश पाउँदै छन ।

उनिहरूको अवकाश सँगै मंगलबार नै नेपाल प्रहरीले २७ औं प्रहरी प्रमुख पाउनेछ । यसपटक पनि नयाँ आईजीपी डिआईजी मध्यबाटै हुनेछन् । आईजीपीको प्रतिस्पर्धामा ठाकुर ज्ञवाली र तारणी लम्साल रहेकोमा ज्ञवाली आईजीपी बन्ने लगभग तय भएको बताइन्छ ।

गृह उच्च स्रोतका अनुसार ज्ञवाली नै भावी आईजीपी बन्ने निश्चित रहेको जनाएको छ । यसकालागि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ दुबै सकारात्मक रहेको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.