संवैधानिक इजलास गठन नहुँदा सभामुख सापकोटा विरुद्धको मुद्दाको सुनुवाइ प्रभावित

0

काठमाण्डौं – सर्वोच्चको अघिल्लो आदेश अनुसार आज (बुधबार) सभामुख अग्निप्रसाद सापकोटा विरुद्ध परेको कर्तव्य ज्यान सम्बन्धि मुद्दाको सुनुवाइ हुनुपर्ने थियो तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास गठन नै नगरेपछि सापकोटा विरुद्धको मुद्दाको सुनुवाइ टरेको हो ।

प्रधानन्यायाधीश जबराले नै यसअघि माघ २२ लाई उक्त मुद्दाको पेशी तोकेका थिए । सर्वोच्च अदालतका ५ वरिष्ठतम न्यायाधीशको बेञ्चमा संवैधानिक इजलास गठन हुनै संवैधानिक व्यवस्था छ । तर आज (बुधबार) ९ जना न्यायाधीश उपस्थित हुँदासमेत प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास गठन नगरेका हुन ।

यसलाई प्राविधिक रूपमा दुई तिहाई बहुमतको नजिक रहेको सरकार सँग अदालत प्रभावित भएको हुन सक्ने जानकारहरूको भनाइ छ । गत असार २५ गते प्रधानन्यायाधीश जबरा सहित वरिष्ठतम न्यायाधीशहरू दिपकुमार कार्की, केदारप्रसाद चालिसे, मिरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले बेपत्ता पारिएका व्यक्तिहरूको छनविन आयोगमा उजुरी परेको वा नपरेको यदि परेको भए सो को प्रतिलिपी उपलब्ध गराउन आदेश दिएको थियो ।

त्यसपछि गएको असोज २९ गतेका लागि तोकिएको पेशी हेर्न नभ्याइने भन्दै सारिएको थियो । २०६२ बैशाख १६ गते अपहरणमा परेका काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिरमा कर्तव्य ज्यान मुद्दा दायर गरेकी थिइन ।

Leave A Reply

Your email address will not be published.