प्रहरी सरुवामा महानिरीक्षक खनालको हार, पर्सा पुगिन गंगा पन्त

0

काठमाण्डौं – निकै लामो विवादपछि चितवनले नयाँ एसपी पाएको छ । प्रहरी सरुवा विवादमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हार स्वीकार गरेसँगै चितवनले नयाँ एसपी पाएको हो । आफैंले गरेको सरुवा बदर गर्न महानिरीक्षक खनाल तयार भएसँगै सरुवा विवाद पनि तत्कालका लागि साम्य भएको जस्तो देखिएको छ ।

महानिरीक्षक खनालले चितवन सरुवा गरेकि एसपी सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्षलाई मन नपरेपछि चितवन लामो समय एसपी बिहिन बनेको थियो ।

महानिरीक्षक खनालले पराजय स्वीकार गर्दै पछि हटेसँंगै नेकपाका कार्यकारी अध्यक्षको सिफारिसमा एसपी नातीराज गुरुङलाई पठाइएको छ भने यसअघि चितवन सरुवा भएर पनि कार्यक्षेत्र जान नपाएकि एसपी गंगा पन्त पर्सा पुगेकि छिन । त्यस्तै पर्साका एसपी सोमेन्द्र सिंह राठौर महानगरीय अपराध महाशाखामा आएका छन भने बारामा कृष्ण पंगेनीलाई पठाइएको छ । काठमाडौ परिसरका अशोक सिंह इन्टरपोल शाखामा पुगेका छन भने बाराका एसपी विकराज खनालको दंगा नियन्त्रण गण सुनवल सरुवा भएको छ ।

Leave A Reply

Your email address will not be published.