पहिलो पटक चीनबाहिर कोरोना भाइरस संक्रमितको ज्यान गयो

0

फिलिपिन्समा चीनबाहिर कोरोना भाइरसबाट संक्रमित एक बिरामीको मृत्यु भएको छ ।

फिलिपिन्समा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

चीनबाहिर यस भाइरसबाट सङ्क्रमित बिरामीको मृत्यु भएको यो पहिलो घटना हो ।

फिलिपिन्समा ज्यान गुमाउने ४४ वर्षीय बिरामी पनि वुहानबाट आएका थिए । वुहानबाट नै गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण शुरु भएको थियो ।

योसँगै यस भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ सय ४ पुगेको छ ।

शनिबार मध्यरातसम्म ३ सय ४ जनाले ज्यान गुमाएको चीनले बताएको छ । ज्यान गुमाउने नयाँ बिरामी सबै हुबेइका हुन् ।

हालसम्म चीनबाहिर १ सय ३० जनामा कोरानाभाइरस संक्रमण भएको पुष्टि भएको छ । विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण देखिएको बेला चिनबाहिर एक जनाको ज्यान गएको हो । एजेन्सी

Leave A Reply

Your email address will not be published.