प्रधानमन्त्रीद्वारा सरकारको प्रतिरक्षा, सरकारमाथि प्रश्न उठाउनु निरर्थक

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम कार्वाहीको प्रतिरक्षा गर्दै सरकार विरुद्ध खतरनाक प्रचार आक्रमण अघि बढेको बताएका छन ।

आज (बुधबार) बाट काठमाडौमा सुरु भएको नेकपाको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन ।

पछिल्ला दिनमा सरकारले संविधानका मुलभूत सिद्धान्तविपरीत विधेयक अगाडि बढाएको भन्दै चौतर्फी आलोचना भैरहेको बेला प्रधानमन्त्री ओलीले नागरिकको हक अधिकारको बिषयलाई लिएर सरकारमाथि प्रश्न उठाउनु निरर्थक रहेको समेत बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै पार्टी र सरकार चलेको दावी गर्दै अभिव्यक्ति स्वतन्त्रता र हक अधिकारका बारेमा सरकारमाथि प्रश्न गर्नु निरर्थक हुने समेत उनको भनाइ छ ।

केन्द्रीय समितिलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वैचारिक अस्पष्टताका कारण पार्टी अझै संक्रमणकालीन अवस्थामा रहेको उल्लेख गर्दै वैचारिक स्पष्टताका लागि अध्ययन गर्न नेताहरूलाई सुझाव दिदैं आँखा खोलेर अगाडि बढ्न निर्देशन दिए । विगतमा टाँसिएर नबस्न उनको सुझाव छ ।

ओली सरकारले केही गरेन भन्ने हल्ला पार्टी पंक्तिहरुले नै चलाएको प्रती असन्तुष्ट देखिएका प्रधानमन्त्री ओलीले सरकारको कामकारबाहीमा सरकार कुनै पनि सूचकांकमा कमजोर नरहेको दावी समेत गरे ।

लामो सम्बोधनको अधिकांश समय सरकारको प्रतिरक्षा र उपलब्धिको बखानमै सिमित रहेका प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने देखि यति होल्डिङ कम्पनीको बचाउ समेत गर्न भ्याएका थिए ।

Leave A Reply

Your email address will not be published.