सत्तारुढ नेकपाको महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव

0

काठमाण्डौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा महाधिवेशको मिति प्रस्ताव गरिएको छ । अध्यक्ष पुष्पकमल दाहालले २०७७ चैत्र २५(३० सम्म पार्टीको महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । यस्तै प्रदेश कमिटीको अधिवेशन २०७७ मंसिर भित्र सकिसक्न प्रस्ताव गरिएको छ ।

नेकपाको केन्द्रीय कमिटी बैठक बुधबारदेखि राष्ट्रियसभा गृहमामा सुरु भएको छ । यस्तै अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

त्यस्तै, सातवटै प्रदेशका अध्यक्षहरूले संगठनात्मक कामको रिपोर्टिङ तथा समसामयिक प्रस्तावहरूको प्रस्तुति दिने छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि नेकपाको यो दोस्रो केन्द्रीय समितिको बैठक हो । यस्तै २०७७ भदौदेखि मंसिरसम्ममा सबै स्थानीय तह र प्रदेश तहका अधिवेशनहरु सम्पन्न गर्न प्रस्ताव गरिएको छ ।

जारी केन्द्रीय समिति बैठकले अध्यक्षद्वयको प्रस्ताव जस्ताको तस्तै पारित गरी ०७७ चैत २५ देखि ३० गते पार्टीको राष्ट्रिय महाधिवेशन हुनेछ । राजनीतिक प्रतिवेदनमा साउनको दोश्रो हप्ताभित्र सबै जिल्ला कमिटीले जिल्लाको अभियानको समीक्षा गर्न प्रस्ताव गरिएको छ । राजनीतिक प्रतिवेदनमा साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आ–आफ्नो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा पठाउने प्रस्ताव प्रतिवेदनमा छ । यसरी पठाइएका प्रतिवेदनहरु साउनको अन्तिम सातामा समग्र अभियानको समीक्षा गर्ने र प्रतिवेदन पारित गर्ने उल्लेख छ । वैठकमा सवैले आआफ्ना धारणा राख्नेछन् ।

Leave A Reply

Your email address will not be published.