सभामुखलाई बधाई सँगै एमसीसी पारित गर्ने प्रधानमन्त्री उद्घोष

0

काठमाण्डौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिदैं संसदको यसै अधिवेशन बाट एमसीसी पारित गर्नुपर्ने उद्घोष गरेका छन ।

आज (मंगलबार) को प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नियमसंगत तरिकाले संसद अघि बढाउन सफलता मिलोस भन्दै बधाई दिएका हुन ।

सर्वसम्मत ढंगले सभामुख चयन हुनु सकारात्मक रहेको उल्लेख गर्दै ‘सभा संचालनमा आफ्नो तर्फबाट पुर्ण सहयोग रहने’ घोषणा समेत गरे ।

यस्तै सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले ‘६, ७ जना प्रधानमन्त्री देखी पार हुँदै आएको एमसीसी यसै अधिवेशनमा पारित गर्नुपर्ने छ’ भन्दै त्यसलाई पारित गर्ने समेत उद्घोष गरे ।

Leave A Reply

Your email address will not be published.