प्रधानाध्यापकदेखि सभामुखसम्म अग्नि सापकोटाको यात्रा

0

काठमाण्डौं – सिन्धुपाल्चोकको चौतारा–४ कुबिन्डे टोलमा बुबा धनपति सापकोटा र आमा तिलमाया सापकोटाको कोखबाट २०१४ फागुन २४ गते जन्मीएका अग्निप्रसाद सापकोटाका जन्म भएको थियो । गाउँकै श्रीकृष्ण विद्याश्रमबाट एसएलसी उतीर्ण गरेका थिए । समाजशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरेका सापकोटाले १६ वर्ष शिक्षक भएर काम गरेका थिए ।

विस् २०३२ देखि शिक्षण पेशा सुरु गरेका सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा पढाएका थिए । वि.स. २०३६ सालको जनमत संग्रहपछि शिक्षक संघर्ष समितिको जिल्ला उपाध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्षसम्म भएका थिए । उन वि.स. २०२९ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीतिक जीवनको सुरु गरेका थिए ।

सापकोटाले २०४८ सालमा शिक्षण पेशाबाट राजीनामा दिएर राजनीतिमा पूर्णकालीन भएका उनी त्यही वर्ष नै संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्य भएका थिए । २०४८ सालमै संयुक्त जनमोर्चाका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेद्वार बनेका उनी पराजित भएका थिए ।

२०५१ सालमा तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय सदस्य बनेका सापकोटा २०६९ मा तत्कालीन एकीकृत नेकपा (माओवादी)को हेटौंडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य र विराटनगर सम्मेलनबाट स्थायीसमिति सदस्य हुँदै पार्टी केन्द्रीय कार्यालय सदस्यसम्मको जिम्मेवारीमा पुगेका थिए ।

२०६० सालमा तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्यसमेत रहेका सापकोटा जनयुद्धकालमा २०६२ चैत्र १४ गते सिन्धुपाल्चोकको ठोकर्पामा भएको भिडन्तमा तीन गोली लागेर घाइते भएका थिए । साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट २०६४ र २०७०, २०७४ सालमा विजयी भएका थिए । सत्तारुढ नेकपाका स्थायी समिति सदस्य सापकोटाका श्रीमती र तीन छोराहरु रहेका छन्

सरकारी जिम्मेवारी

२०६८ वैशाख २२ गते सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हालेका सापकोटाले २०७२ कात्तिक १ गतेदेखि वन तथा भू–संरक्षणमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । विचार र दृष्टिकोणमा प्रष्ट सापकोटा लोकप्रिय नेताको रुपमा चिनिन्छन् । सापकोटालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विश्वासपात्रका रुपमा लिइन्छ । सापकोटा प्रचण्डकै अडानका कारण सभामुख बनेका छन् ।

Leave A Reply

Your email address will not be published.