जब उपसभामुखमा प्रचण्डलाइ ओलीले तनाब दिए !

0

काठमाण्डौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच उपसभामुखको उम्मेद्वारका बारेमा आइतबार बिहान छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली दाहालबीच भएको छलफल मुलतः उपसभामुख कसलाई बनाउने भन्ने बिषयमा केन्द्रित रहेको थियो।

प्रतिनिधिसभाको आजको बैठकले सभामुखमा नेकपाका अग्नीप्रसाद सापकोटालाई चयन गर्ने भएपछि अध्यक्ष दाहाल मुख्य बिपक्षी कांग्रेसलाई उपसभामसख दिने पक्षमा छन् भने ओली राजपालाई दिन चाहन्छन्। अध्यक्ष दाहाललले पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवासंग उनकै निवास पुुगेर पटक पटक भेटवार्ता गरेका छन्।

द्वन्द्वकालीन मुद्दा, विभिन्न निकायमा गरिने राजनीतिक नियुक्ती लगायतका विषयमा पनि उनीहरुबीच छलफल भएको थियो।

Leave A Reply

Your email address will not be published.