अग्निको ‘अग्निपरिक्षा’

0

काठमाण्डौं – संघीय संसदको प्रतिनिधिसभामा सभामुख चयनको लागि आज निर्वाचन हुँदै छ । एकल मनोनयन परेका कारण सत्तारूढ नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा सभामुख बन्ने लगभग निश्चित छ ।

माघ ७ गते नै उम्मेदवार दर्ता भएको भएपनि राष्ट्रियसभा निर्वाचनका कारण सभामुखको निर्वाचन पछि धकेलिएको हो ।

प्रतिनिधिसभामा सभामुख पदमा एकल उम्मेदवारी परेपनि उनको आज ‘अग्निपरिक्षा’ रहेको बताइन्छ । काभ्रेका अर्जुन लामाको अपहरण पछि हत्याको आदेश दिएको आरोप लागेका सापकोटाको विरुद्ध सर्वोच्च अदालतमा उनका विरुद्ध दर्ता भएको रिटको सुनुवाइ पनि आजैलाई तोकिएको छ ।

अर्कोतिर व्यक्ति हत्याको आरोप लागेका सापकोटालाई सभामुख बनाउन नहुने भन्दै अधिकारकर्मीले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएका छन । प्रदर्शनको केन्द्रमा मृतक लामा पत्नी पुर्णिमाया लामा छिन ।

प्रमुख प्रतिपक्षी दल सहित अन्य प्रतिपक्षी दलले सभामुख पदमा उम्मेदवारी नदिएपनि सापकोटा सभामुख बन्ने वा नबन्ने भन्ने कुरा सर्वोच्चको रिटमाथिको सुनुवाइमा भर पर्ने देखिन्छ । भने सत्तारूढ नेकपाको पुर्व एमाले समूह पनि सापकोटालाई सभामुख बन्न नदिने खेलमा लागेको बताइन्छ ।

तर आजको संसद बैठकमा सापकोटाको तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवार प्रस्ताव पेस गरेपछि समर्थकले आफ्ना धारणा राख्नेछन । सापकोटाको समर्थनमा पुर्वसभामुख ओनसरी घर्ती, नेकपा सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले सापकोटाको समर्थन गर्नेछन ।

संसदको नियमावली अनुसार पनि सभामुखमा एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । अन्य दलको उम्मेदवारी नपरेका कारण सापकोटा सभामुख बन्न कुनै अवरोध नरहेपनी सर्वोच्च अदालतले ऊनी विरुद्धको रिटमा गर्ने सुनुवाइले उनको आगामी भविष्य तय गर्नेछ ।

Leave A Reply

Your email address will not be published.