चर्चित संचारकर्मी रवि लामिछानेको मुद्धामा वहस चल्दै, आजै फैसला आउने संभावना

0

चर्चित संचारकर्मी रवि लामिछानेको मुद्धामा जिल्ला अदालत चितवनमा आज (आइतवार ) वहस भइरहेको छ । लामिछाने सहित पत्रकार युवराज कंडेललाई गत भदौमा (६ महिना अघि) दुरुत्साहनको मुद्धा लागेको थियो । विनाकारण रवि बिरुद्ध मुद्धा चलेको भनेर अहिले सामाजिक संजालमा प्रहरी र अदालतको आलोचना भइरहेको छ । गत साउनको अन्तिम साता पक्राउ परेका रविलाई प्रहरीले केहि दिन थुनामा राखेको थियो । देशब्यापी विरोध शुरु भएपछि उनि धरौतीमा रिहा भए । त्यसपछि अहिलेसम्म उनि अदालतको तारिख धाइरहेका छन् ।

यो दुरुत्साहन मुद्धामा माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको नारायणगढको एक होटलमा मृत्यु भएको थियो । अनुशन्धानका क्रममा कहिंकतै रवि र कंडेलको संलग्नता नदेखिएको प्रहरी स्रोतले जनाएको छ । सभवत आजै यो मुद्धामा दुवैजनालाई अदालतले सफाई दिने फैसला सुनाउने धेरैले अपेक्षा राखेका छन् ।

Leave A Reply

Your email address will not be published.