महरा प्रकरण: रोशनीको स्वास्थ परिक्षण गर्ने डाक्टरको बकपत्र गराउन आदेश

0

जबर्जस्ति करणी प्रयासबाट पीडित बनेकी भनिएकि रोशनी शाहीको स्वास्थ परिक्षण गर्ने चिकित्सकको बकपत्र गराउन जिल्ला अदालत काठमाडौ आदेश दिएको छ ।

आज (आइतबार) निवर्तमान सभामुख कृष्णबहादुर महारा विरुद्धको मुद्दाको सुनुवाइ गर्दै जिल्ला न्यायाधीश अम्मरराज पौडेलको इजलासले स्वास्थ परिक्षण गर्ने चिकित्सक बकपत्र गराउनुका साथै अन्य प्रमाण समेत जुटाउन आदेश दिएको हो ।

मंसिरको अन्त्य बाट अदालतले यो मुद्दासँग जोडिएका व्यक्तिहरुको बकपत्र गराउन सुरुवात गरेको हो । पीडित भनिएकी शाहिको थापाथली स्थित प्रसुतिगृहका तिनजना डाक्टरको टोलिले गरेको थियो ।

रोशनी स्वयंकाे, महराका सुरक्षाकर्मी, घटनाबारे सुरुमा जानकारी पाएका सांसद, घटनास्थल पुगेका व्यक्ति लगायतको बकपत्र भए पनि चिकित्सकको बाँकी रहेकाले प्रमाण बुझ्ने कार्यलाई सक्न अदालतले आदेश लिएको हो ।

जिल्ला अदालत काठमाडौँका अनुसार घटनास्थल मुचुल्का हस्ताक्षर गर्ने केही व्यक्तिरुको पनि बकपत्र गराउन बाँकी रहेकाले त्यसलाई पूर्णता दिन भनेको हो । मंसिर २९ र ३० गते अदालत पुगेर महराले आफूमाथि करणी प्रयास नगरेको भन्दै होस्टाइल भएकी थिइन् ।

सुरुमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो कोठामै आएर जबरजस्ती करणी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोलि फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन् ।

तत्कालिन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो । जिल्ला अदालतको थुनछेक आदेशविरुद्धको पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले जिल्लाकै आदेश सदर गरेको थियो। आदेश सदर गर्दै उच्च अदालतले प्रमाण संकलन भएको एक महिनाभित्र मुद्दाको फैसला गर्न पुस ४ गते आदेश दिएको थियो ।

महराविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.