अनेसास बेल्जियममा परमानन्द सापकोटा

0

अन्तररास्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले परमानन्द सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्बाचित गरेको छ ।

आईतवार एन्तवेरपेनमा सम्पन्न संस्थाको अधिबेशनले उपाध्यक्षमा डिल्ली अंमाई र मोहन खत्री, महासचिबमा सौरभ कारन्जित, सचिव लोकनाथ शर्मा, कोषाध्यक्ष गोपाल दाहाल र सदस्यहरुमा माधव सापकोटा, नन्दराज घले, यामु निरौला, श्रीराम प्रसाई र कौशल खनाललाई सर्ब सम्मत निर्बाचित गरेको छ ।

यस् अघि भएको औपचारिक कार्यक्रममा अनेसास बेल्जियमले प्रकाशित गरेको नेपाली साहित्य सँगालो नामक पुस्तकको लोकार्पन र पुस्तकमा समेटिएका रचनाहरुको पाठका साथै समालोचना गरिएको थियो ।

अनेसास बेल्जियमले नेपाली भाषा र साहित्यको अभिब्रिद्धी र सम्रक्षण गर्ने उद्ध्यस्यले बिभिन्न साहित्यिक र भाषिक पर्बहरु मनाउदै आइरहेको छ । नेपाली दुताबास बेल्जियमका उपनियोग प्रमुख सुधिर कुमार भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको बिशेष अतिथी चित्र सुबेदी हुनुहुन्थ्यो ।

महासचिब सौरभ कारन्जितले सन्चालन गरेको कार्यक्रम संस्थाका अध्यक्ष राजकुमार पुडासैनीको सभापतित्वमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.