महाबीर पुनको राष्ट्रिय आबिस्कार केन्द्रलाई बिभिन्न देशबाट सहयोग जुट्दै

0

सुचना र संचारको माध्यमबाट ग्रामीण बिकास र चेतनाको स्तर बिस्तार गर्न लागि परेका सामाजिक अभियन्ता महाबीर पुनले स्थापना गरेको राष्ट्रिय आबिस्कार केन्द्रलाई परेको आर्थिक समस्यालाई समाधान गरी देश भित्र रहेका बैज्ञानिक प्रतिभाहरुको नयाँ आबिस्कारहरुलाई निर्माण र कृयान्वयन गरी देश बिकासमा प्रयोग गर्न सहयोग पुगोस भनी बिदेशमा बस्ने नेपालीहरुले आर्थिक संकलन सुरु गरेका छन ।

केही दिन अघि आबिस्कार केन्द्रलाई चार करोड ऋण आबस्यक परेको र नेपालका बैंकले ऋण दिन नमानेको , सरकारले पनि कुनै सहयोग नगरेकोले आबिस्कार केन्द्रले तयार गरेका नयाँ प्रबिधीलाई उत्पादन गर्न समस्या भएको पुनले गुनासो गरे पछि बिदेशमा बस्ने नेपालीहरुले स्वतस्फुर्त रुपमा आर्थिक सहयोग संकलन गर्न सुरु गरेका हुन ।

बेल्जियमबाट नारायण धिताल, सुनिता गुरुङ धिताल, यसु थापा र राम पुन लगायतले सहयोग संकलनका लागि अनुरोध गरीरहेका छन भने बेलायतबाट इशा गुरुङको पहलमा करीब १२ लाख रुपया संकलन भै सकेको छ । दक्षिण कोरियाबाट हेम पाठकले बताए अनुसार पन्ध्र जना युबाहरुको सकृयातामा आज सम्म कारीब २२ लाख नेपाली संकलन भएको छ भने अझै यो अभियान जारी रहेको छ ।

बहराइनबाट कृष्ण थापाका अनुसार मध्यपुर्बमा परोपकारी वा अन्य सामाजिक कामका लागि खुल्ला रुपमा अर्थ संकलन गर्न कानुनी प्रकृया जटिल रहेकोले यस् अभियानमा सहयोग गर्नको लागि नेपालमा रहेको आबिस्कार केन्द्रको बैंक खातामा जम्मा गर्न भन्ने गरिएको छ , दुबइ , कतार साउदी अरब , मलेसिया लगायतका देशबाट बिभिन्न ब्यक्तीले एकल र सामुहिक गरी सहयोग गरी राख्नु भएको छ ।

साइप्रसबाट नेपाली जन संपर्क समितिकी सभापती सीता अर्यालका अनुसार संस्थाकी उपसभापती पुष्पा मिश्रको सकृयतामा सहयोग रकम संकलन भैरहेको छ । जापानबाट ज्वाला सङ्रौला र एचबी ताम्राकार लगायतको टोलीले सहयोग संकलन गरिरहेको छ ।

अमेरिका अस्ट्रेलियाबाट पनि सहयोग भैरहेको र हुने विश्वाश महाबीर पुनले ब्यक्त गर्नु भएको छ । आफुले कसै सँग पनि सहयोग माग्ने नगरेको तर नागरिक अभियानको रुपमा स्थापित भैरहेको आबिस्कार केन्द्रलाई बिदेशमा बस्ने नेपालीहरुले पनि सहयोग गर्ने सुभेच्छ्या र तत्परता देखाउनु भएकोमा धन्यवाद दिदै आबिस्कार केन्द्रलाई आर्थिक , भौतिक , ज्ञान र सीप प्रदान गरेर सहयोग गर्न सकिने चारदिशा सँगको सम्बादमा पुनले बताउनु भएको छ ।

पुनका अनुसार बिभिन्न ब्यापारिक कम्पनीहरुले आबिस्कार केन्द्रलाई लगानी गर्न चासो देखाए पनि सके सम्म नेपाली नागरिकहरुकै सहयोगमा आबिस्कार केन्द्रको बिकास गरिने छ ।

सहयोग गर्न चाहने ब्यक्ती एबम संस्थाहरुलाई सिधै आफुलाई ९८४१५९२३६१ को मोबाइल नम्बरमा संपर्क गर्न वा बिभिन्न देशमा आबिस्कार केन्द्रको लागि सहयोग अभियान चलाई रहेका अभियानता हरुलाई संपर्क गर्न पनि पुनले अनुरोध गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.