बेल्जियममा ”भिजिट नेपाल २०२०” औपचारिक शूभारम्भ

0

भिजिट नेपाल २०२० को बेल्जियमको राजधानी ब्रसेल्समा औपरिक रुपमा सुभारम्भ गरिएको छ । नेपाली दुताबास बेल्जियमले बसेल्सको होटेल सोफिटेलमा मंगलबार साझ आयोजना गरेको एक भब्य समारोहका बिच बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले ” भिजिट नेपाल २०२०” को औपचारिक उद्घाटन गर्नु भयो ।

युरोपियन युनियनका बरिष्ठ अधिकारीहरु, युरोपियन पार्लियामेन्टका सांसदहरु, बेल्जियम सरकारका बिशिष्ठ पदाधिकारीहरु, कुटनितिक नियोगका प्रमुख एबम अधिकारीहरु, बेल्जियम र युरोपियन देशका नेपालमा परीयोजना सन्चालन गरी रहेका संघ संस्थाका पदाधिकारीहरु, नेपालका शुभचिन्तक बेल्जियन नागरिक एबम युरोपियनहरु लगायत नेपाली संघ संस्थाका पदाधिकारी एबम स्वदेशी एबम बिदेशी पत्रकारहरु र कलाकारहरुको उपस्थित रहेको कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोक बहादुर थापाले भिजिट नेपाल २०२० मा नेपालले लिएको लक्ष र उद्यस्य एबम नेपालको पर्यटकीय बजारको बारेमा प्रस्ट पार्दै नेपालको भौगोलिक सुन्दरता र सान्स्कृतिक बिबिधताले गर्दा विश्वका प्रमुख पर्यटकीय गन्तब्यमा प्रख्यात नेपालको भ्रमणका लागि आमन्त्रण गर्नु भयो ।

युरोपियन बिदेश मन्त्रालय ( युरोपियन एक्स्टर्नल एक्सन सर्विस EEAS ) सरकारको तर्फ बाट डेपुटी जनरल जिन क्रिस्तोफ बेलियार्डले कुटनितिक कार्यमा सधैं शान्ती र एकताको लागि सक्रिय हुनु पर्दा कहिले सिरिया, कहिले ईरान , इराक , अफगानस्तान , अफ्रिका आदिको कारणले तनाबमा रहेको ब्यक्ती नेपालको कलरफुल झन्डा , भेषभुषा, मुस्कान सहितका नेपालीहरु भेट्दा साच्चै बुद्दको शान्ती महशुस गरेको र यो शान्तीप्रिय देशले लक्ष लिएको पर्यटन प्रबर्धन गर्ने अभियान ”भिजिट नेपाल २०२०” को सफलताको कामना गर्नु भयो साथै आफुले पनि नेपाल भ्रमण् गर्ने बताउनु भयो ।

युरोपियन पार्लियामेन्टका साउथ यसिया रेलसनका अध्यक्ष माननीय बारोनेस नोसिना मोबारेक, सेन्टीनिकलास शहरका मेयर लाईभन देहान्दसुतर र वोर्ल्ड ट्रावल म्यागजिनकी पत्रकार सार्लोत रविनले भिसिट नेपाल २०२० को सफलताको शुभकामना दिदै नेपाल सुन्दरताको अनुपम बरदान् हो भन्ने आफुहरुले पाएको नेपालीहरुको मिलनसार व्यबहारले प्रभाबित रहेको एबम नेपालको पर्यटनले विश्वमा उदाहरणीय छाप छोडेको छ भन्दै नेपाल भ्रमण् गर्न उत्सुक रहेको बताउनु भयो ।

नेपाली मुलका बाल बालिकाहरुको बिभिन्न जातजातीको पहिरण प्रदर्शन, न्रित्य लगायत नेपाल चिनाउने र भिजिट नेपाल सम्बन्धी ब्रित्तचित्र पर्दर्शन गरिएको कार्यक्रममा बेल्जियमका नेपाली रेस्तुरेन्ट ब्यबसायीहरुले प्रायोजन गरेका खानाको लाक्की चिट्ठा तथा तुर्किश एयरलाइन्सले र फ्रेन्स अफ नेपालका दाक्तर लुकले प्रायोजन गरेका दुईवता ब्रुसेल काठमाडौं, काठमाडौं ब्रुसेलको हवाई तिकेट लक्की ड्र गरी बिजेताहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रमको सन्चालन सोफिया महर्जन कार्की , सान्स्कृतिक कार्यक्रमको सन्योजन कलाकार संघ बेल्जियमका अध्यक्ष बलराम पुनले गर्नु भएको थियो ।

फोटो क्रेडिट- डेनी

Leave A Reply

Your email address will not be published.