,बिदेशमा संस्कार र सन्स्क्रितीको लगाब, बेल्जियममा तमुहरुको ल्होशार

0

तमु समाज बेल्जियमले गत मंगलबार बेल्जियमको एन्तवेरपेनमा २६०४ औ तमु ल्होशार “च्यू-ल्हो” बौद्ध लामा गुरुबाट धार्मिक मन्त्र पाठ सहित औपचारिक कार्यक्रम गरी मनाएको छ ।

आफ्नो जातीय भेशभुशामा सजिएका बेल्जियममा बसोबास गर्ने तमुहरु लगायत अन्य आमन्त्रित पाहुनाहरुले भरिभराउ हलमा भएको कार्यक्रमको प्रमुख अतिथी बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापाले कला र सन्स्क्रितीको धनी गुरुङ समुदायको नयाँ बर्षको शुभकामना दिदै नेपालको समुन्नतीमा तमुहरुको योगदानको चर्चा गर्दै परदेशमा पनि आफ्नो पहिचान कायम गर्दै नेपालको बिकासमा सघाउन आग्रह गर्नु भयो ।

गैर आबासीय नेपाली संघका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले एनआरएनए नेपाली समुदायको एकताका लागि सधैं प्रतिबद्ध रहेको र बिभिन्न जात जातीको सन्स्क्रिती र सन्स्कारको जगेर्न गर्न सहयोगी हुने बताउनु भयो । गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले ल्होशारको शुभकामना दिदै भिजिट नेपाल २०२० सफल बनाउन आग्रह गर्दै तमु समाज सँग सामाजिक अभियानमा हातेमालो गर्ने बताउनु भयो ।

आदिबासी जनजाती महासँघकी बरिष्ठ उपाध्यक्ष मुना राईले जनजातिको सम्मान र बिकासमा सहयोग गर्न नेपाल सरकारलाई आग्रह गर्नु भयो । तमु समाजका सल्लाहकार होम गुरुङले ल्होशार र गुरुङ समुदायको सन्स्कृतिको बारेमा चर्चा गर्नु भयो । समाजलाई सहयोग गर्ने बिभिन्न ब्यक्तीलाई सम्मान गरिएको कार्यक्रममा नेपालका चर्चित गायक कृष्ण गुरुङ र भिमु गुरुङले बिभिन्न गीत मार्फत मनोरन्जन गराउनु भएको थियो ।

महासचिब अनिता घले गुरुङले सन्चालन गर्नु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ओम गुरुङले गर्नु भएको थियो भने तमु समाज बेल्जियमकी अध्यक्ष नन्द कुमारी गुरुङको सभापतित्वमा भएको थियो ।


त्यसै गरी ‘तमु धि बेल्जियमले’ पनि सोही दिन नेपालका ख्याति प्राप्त गायक खुमन अधिकारी , रमिला न्यौपाने र सहिमा श्रेष्ठ लगायतको मनोरन्जनात्मक सान्स्कृतिक कार्यक्रम आयोजना गरी ‘ “च्यू-ल्हो” ल्होशार मनाएको छ । ”संस्कार हराए सस्कृती हराउँछ, संस्कृति हराए परम्परा हराउँछ, परम्परा हराए मान्छे हराउँछ ” भन्ने नारा सहित् आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुताबास बेल्जियमका उपनियोग प्रमुख सुधिर कुमार भट्टराई हुनु हुन्थ्यो भने बिभिन्न संघ संस्थाका प्रतिनिधि र तमुहरुको उपस्थित रहेको कार्यक्रमको सभापतित्व तमुधिकाअध्यक्ष नबिन तमु र सन्चालन गडुलध्वज गुरुङ्गले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.