नेपाली ब्यबसायी संघ बेल्जियमले ब्यवसाय सन्चालन र आईपर्ने समस्या बारे बिशेषज्ञहरुबाट तालिम दिने

0

नेपाली ब्यबसायी संघ बेल्जियमले बेल्जियममा ब्यवसाय गरी रहेका र गर्न चाहना हुने नेपालीहरुको लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । जनवरी २० तारिख एन्टवेरपेनको होटेल नेशनलमा हुने प्रशिक्षणमा बेल्जियमको केन्द्रीय संसदले संसोधन गरेर २०२० बाट लागु गरिएको नयाँ परीमार्जित कानुन अनुसार ब्यवसाय सन्चालनका लागि आबस्यक कानुनी जानकारी सम्बन्धित बिषयका बिज्ञहरुबाट दिईने संघले जनाएको छ ।

संघका कोषाध्यक्ष एबम कार्यक्रम सन्योजक काशी दनैले बताए अनुसार नेपाली ब्यबसायीहरुलाई कामदारको कन्ट्राकटको पहिचान गरि सहि कन्ट्राकट बनाउन सिकाउने, कामदार र साहु बिचको हक अधिकार र कर्तब्यको बारेमा बिस्त्रित जानकारी गराउने, तलबसंग समन्धित कुराहरु र कन्ट्राकट अनुसार तलब फरक हुने हुँदा कस्तो कन्ट्र्याक्ट बनाउदा कामदार र कम्पनीलाई फाउदा पुग्छ, कामदारको सामाजिक सुरक्षा दस्तुर (RSZ) कम गर्ने तरिका, काम छोडे पछी कामदारलाई दिनु पर्ने C4 सिफोर लगायतका बिषयमा पहिलो सेशनमा र ब्यवसायका लागि गर्नु पर्ने इन्सुरेन्स ( बिमा ) गाडी दुर्घटना, रेस्टुरेन्टमा आइपर्ने समस्याहरु र अन्य भैपरि आउने समस्याहरु , यस्ता समस्याबाट हुने नोक्सानलाई बिमा कम्पनिबाट उपर गर्न के कस्ता कुराहरु गर्नु पर्दछ र बिमा गर्ने समयमा कुन-कुन कुरामा अत्यन्त संबेदनसिल रुपले निर्णय लिनु पर्दछ भन्ने बिषयमा बिस्त्रित जानकारी दोश्रो शेसनमा बिमा बिशेषज्ञबाट गराइने छ ।

सोही कार्यक्रममा आफ्नो ब्यवसाय सँग सम्बन्धित कानुनी समस्या भए बिशेषज्ञहरु सँग प्रश्न गर्न र समाधानबारे छलफल पनि गर्न सकिने ब्यबसायी संघले ब्यबस्था गरेको छ । प्रशिक्षण लिन चाहने ब्यबसायीहरु वा अन्य इच्छुक ब्यक्तीहरुले नेपाली ब्यबसायी संघका पदाधिकारीहरु सँग संपर्क गरी आफ्नो नाम दर्ता गराउन पनि संघले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.