भारतीय सुरक्षाकर्मीले एक नेपालीलाई अपहरण गरेको खुलासा

0

काठमाण्डौं – नेपाल भारत सीमा क्षेत्रबाट एक नेपालीलाई भारतीय सुरक्षाकर्मीले अपहरण गरेको खुलासा भएको छ ।

यशोधरा गाउँपालिका ८ मटेरियाका बर्ष ४५ का मुवारक खान भारतीय सुरक्षाकर्मीको अपहरणमा परेका हुन । शनिबार मध्यान्ह मर्यादापुर बजारबाट खान अपहरित भएका हुन ।

खानलाई भारतीय सुरक्षाकर्मीले अपहरण शैलीमा भारततर्फ लगेको र यसबारे केही खुल्न नसकेको मर्यादापुर प्रहरीको भनाई छ । सशस्त्र प्रहरीको सिमा क्षेत्रमा खटिएका प्रहरीको रोकावट छल्दै उनलाई दशगजा क्षेत्र कटाईएको जनाईएको छ ।

स्थानीयका अनुसार सादा पोशाकमा आएका भारतीय सुरक्षाकर्मीहरुले भारतीय नम्बरको जिपमा थिए । घटनाबारे सीमा क्षेत्रका भारतीय सुरक्षा अधिकारीले भने अनविज्ञता प्रकट गरेको प्रहरीको भनाई छ ।

भारतीय सुरक्षाकर्मी अन्तरगतको सिभिल टोलीले खानलाई पक्राउ गरेको हुनसक्ने सीमा क्षेत्रमा खटिएको भारतीय सुरक्षाकर्मीलाई उदृत गर्दै स्थानीय वासिन्दाले जनाएका छन ।

अपहरीत खान खुनुवा बजारमा मोटरसाइकल वर्कशप संचालन गर्दै आएका थिए ।

Leave A Reply

Your email address will not be published.