प्रवासी नेपाली मन्च बेल्जियमले एनआरएन बेल्जियममा सर्वसहमतिको लागि पहलगर्ने

0

चारदिशा सम्वाददाता।

१३ जुलाई आन्त्वार्पेन । प्रबासी नेपाली मन्च बेल्जियम (ONF Belgium) को हिजो आन्त्वार्पेनमा भएको भेलाले एन आर एन बेल्जियमको नयाँ नेतृत्वको लागि सर्वसम्मत रुपमा नयाँ कमिटी बनाउन बेल्जियममा रहेको बिभिन्न संगठनहरु संग पहल गर्ने निर्णय गरेको छ । जसको लागि एक वार्ता कमिटी बनाई सो कमिटीले नै विभिन्न राजनैतिक, साँस्कृतिक , जातिय , क्षेत्रिय तथा युवाहरु लगाएत सबै समुहसंग सम्पर्कगरेर समन्वय गर्ने पनि जनाएको छ ।

आन्त्वार्पेनको नमस्ते रेस्टुरेन्टमा भएको भेलाले यदि अधिकत्तम रुपमा सर्वसहमती हुन नसकेको खण्डमा पनि बिभिन्न ब्यक्तिहरुलाई समर्थन गर्ने भएकोछ । जसअनुसार अध्यक्षमा श्रीमती सरु चापागाई, उपाध्यक्षमा महिला तर्फबाट दुर्गा गुरुड० र पारस गौतम,महासचिबमा यामु निरौला (उहाँले आफ्नो उम्मेद्वारी को घोषणा पहिल्यै गर्नुभएको थियो) सचिवमा रमेश कंडेल, कोषाध्यक्षमा रेणु गुरुड० र महिला संयोजकमा मुना के.सी रहेको छ। र बाँकी पदहरुमा संगठनको क्षेत्रीय ईकाईहरु संग समन्वयगरि करिब एक हप्ता भित्रमा क-कसलाई समर्थन गर्नेहो त्यसको सार्बजनिक गरिने कुरा उक्त संगठनको महासचिव रमेश पौडेलले बताउनु भएको छ ।
प्रवासी नेपाली मन्च (ONF Belgium) पुरानो (NDF) एउटा यस्तो संस्थाहो जसले एनआरएन बेल्जियमको चुनावमा महत्वपूर्ण भुमिका खेल्ने गर्दछ । त्यसैले यस संस्थाको निर्णय के हुनेहो? भनेर बेल्जियममा  रहेको सबै नेपालीहरुको चाँसोको बिषय बनेको छ ।
Leave A Reply

Your email address will not be published.