एनआरएन बेल्जियमको अध्यक्ष पदमा सरु चापागाईको उम्मेद्वारी

0

चारदिशा सम्बाददाता , बेल्जियम

गैर आबासीय नेपाली संघ बेल्जियमको आसन्न अधिवेशनमा नेत्रीत्वका लागि महिला प्रतिस्पर्धिहरुको सङ्ख्या पनि  उलेख्य हुने भएको छ ।  नेपाल ल क्याम्पसमा बिध्यार्थी राजनितीको नेत्रित्व गरेकी  र हाल ब्यबसायी संघ बेल्जियमकी उपाध्यक्ष्य सरु चापागाँईले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

एमालेको प्रबासी सङगठन प्रबासी मंचकी  पुर्ब अध्यक्ष समेत् रहेकी चापागाईको उम्मेद्वारीलाइ मन्चको हिजो सम्पन्न बैठ्कले सर्बसम्मत रुपमा समर्थन् गर्ने निर्णय  गरेको छ ।

चापागाँईले आफु एनआरएनमा बिसुद्ध सामाजिक भाबनाले जान लागेको र यो समाजिक सङ्गठनलाई सबै नेपाली हरुको एकताको चौतारी बनाउन आफ्नो सम्पुर्ण प्रयास रहने बताउनुभएको छ । नैतिकता,  इमान्दारीताले काम गरे सबैको सहयोग मिल्ने र एनआरएनलाइ यसको उद्यस्यमा पुर्याउन सकिने आफ्नो द्रिढ् बिस्वास पनि उहाको छ ।

बेल्जियममा नेपाली महिलाहरुलाइ सामाजिक कार्यमा सक्रिय बनाउन क्रियाशिल चापागाईको उम्मेद्वारीलाइ महिलाहरुको समुहले पनि समर्थन गर्ने  भएको छ । प्रबासी महिला मंचको गत आइतबार बसेको बैठकले  उहाको उम्मेद्वारीलाइ समर्थन् गर्ने निर्णय गरेको मन्चकी अध्यक्ष ईशा गुरुङले जनकारि गराउनु भएकोमा छ ।

त्यसै गरि प्रबासि मन्च र महिला मन्चको समर्थन उपध्यक्षमा नन्द कुमारी गुरुङ्  र पारस गौतम महासचिबमा यामु निरौला सचिबमा रमेश कँडेल कोषाध्यक्षम रेनु गुरुङ् र महिला सम्योजकमा यमुना केसीको उम्मेद्वारीलाइ रहने मन्चका अध्यक्ष अर्जुन गुरुङले जानकारी  गराउनु  भएको छ ।

Leave A Reply

Your email address will not be published.